अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा बराल
पाेखरा | चैत ६, २०७९
PHOTO: DURGA PRASAD POUDEL
पोखरा: अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा ढाकामोहन (गणेश) बराल चयन भएका छन् ।
पोखरामा आज (सोमबार) सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सो समितिको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रीका घिमिरे (अनिता) चुनिन् । यस्तै सदस्यहरूमा निरज बसौला, ऋषिराम दाहाल, सन्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविन (चेत) बहादुर थापा मगर, दिपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने र रोहित बास्तोला निर्वाचित भए ।
सो समिति २ वर्षे कार्यकालका लागि चुनिएको नवनिर्वाचित उपाध्यक्ष सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार पहिलो बैठकबाट आगामी दिनमा के कसरी जाने भन्नेबारे छलफल हुने छ ।
यसअघि उद्घाटन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आम संचार विधेयक बारे आफू सकरात्मक भएको बताए ।

आम संचार विधेयकबारे जानकार भएको बताउदै सम्बन्धित मन्त्रालयसँग समन्वययकारी भूमिका खेल्ने बताए । मुख्यमन्त्री अधिकारीले पछिल्लो समय पीत पत्रकारिता मौलाउदै गएको उल्लेख गर्दै आधिकारिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

